साउदीका वायुसेवालाई पोखरा र भैरहवा विमानस्थल खुला गर्दै हवाई सेवा सम्झौता

Written by

in

१ असोज, काठमाडौं । सरकारले साउदी अरबका वायुसेवा कम्पनीलाई पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुला गरेको छ ।

१५ भदौमा नेपाल र साउदी अरबबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार यो हस्ताक्षरले नेपालका नवनिर्मित विमानस्थल पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी अरबका जहाजका लागि ढोका खुला गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *